एजेन्टले जबरजस्ती अढाइ करोड दिएर गए, बिहानै आफू करोडपति भएको थाहा पाउँदा…

डिसी नेपाल
५ भदौ २०७७ १५:०९

काठमाडौं। कहिलेकाहीँ कसैको भाग्य खुल्छ । केही नभएका व्यक्ति पनि भाग्यले साथ दिँदा एकाएक करोडपति हुन्छन् । मिठाइको पसल चलाउने एक व्यक्ति पनि यस्तै गरी भाग्य खुलेपछि रातारात करोडपति भएका छन् । भारतको हरियाणाको सिरसा जिल्लाका धर्मपाल नामका ती व्यक्ति पनि संयोगले करोडपति बनेका छन् । उनले आफू करोडपति बनेको आज शुक्रबार बिहान उठ्दा थाहा पाएका हुन् ।

धर्मपालले भारतीय अखबार दैनिक भास्करलाई बताएअनुसार रक्षाबन्धनको अवसरमा पंजाबमा लट्री खुलेको थियो । सिरसा जिल्ला पंजाबको सीमासँग जोडिएका हुनाले पंजाबका एजेन्ट त्यहाँ लट्रीको टिकट बेच्न आएका थिए । एक हप्ता पहिले आएका एजेन्टसँग धर्मपालले २५० रुपैयाँ दरका ५ वटा टिकट किनेका थिए । एजेन्ट केही घण्टापछि फेरि आए र आफूसँग एउटा टिकट बाँकी बचेकोे त्यो टिकट पनि किनिदिन धर्मपाललाई आग्रह गरे ।

धर्मपालले आफूले पहिले नै ५ वटा टिकट किनिसकेकोले अर्को टिकट किन्न मानेनन् । तर, एजेन्टले जिद्दी गर्न थाले । एजेन्टको जिद्दीका अगाडि धर्मपालको केही लागेन । एजेन्टले जबरजस्ती त्यो बाँकी भएको एउटा टिकट पनि धर्मपाललाई किनाएरै छाडे । शुक्रबार बिहान धर्मपाललाई त्यही एजेन्टले फोन गरेर उनले लट्री जितेको खबर गरे । रोचक त के भने डेढ करोड भारु (२ करोड ४० लाख नेपाली रुपैयाँ) को लट्री त्यही टिकटमा परेको थियो जुन एजेन्टले धर्मपाललाई जबरजस्ती किनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *