श्रीमतीकै सहमतिमा ६० वर्षीय वृद्धले गरे २३ वर्षीया युवतीसँग दोस्रो विवाह

डिसी नेपाल
६ भदौ २०७७ १०:२०

एजेन्सी। विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालरुमा श्रीमान श्रीमतीबिच दिँनहु हुने झगडाका विषय हामीले सुन्ने गरेका नै छौं। श्रीमानले दोस्रो विवाह गरेको र श्रीमती अर्केसँग भागेको समाचार पनि देखिरहेका हुन्छौं।

तर भारतको झारखाण्डमा भएको एक घटनाले भने सबैलाई चकित पारिदिएको छ । झारखाण्डमा एक महिलाले आफ्नै श्रीमानको दोस्रो विवाह धुमधामका साथ गराइदिएकी छन् । झारखण्डस्थित राजनगर जिल्लामा बसोबास गर्दै आएका ६० वर्षीया वृद्ध ललमोहन महतोले आफुनै श्रीमतीको राजी खुशीमा दोस्रो विवाह गरेका हुन्।

अझै रोचक विषयको कुरा त तब बन्यो जब ६० वर्षका वृद्धले २३ वर्षकी युवतीसँग दोस्रो विवाह गरे । जेठी श्रीमती सरला महतोको कोखबाट छोराले जन्म नलिएपछि दई दम्पत्तीले दोस्रो विवाह गर्ने निर्णय गरेका हुन् ।

सरलाबाट दुई छोरी छन् । छोराको चाहानाले नै ललनमोहनले २३ वर्षीय चेती महतोलाई दोस्रो श्रीमतीको रुपमा भित्राएका हुन् । श्रीमतीले नै दोस्रो विवाह गरिदिए पछि सो विवाह हेर्न आउनेको भिड लागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *