मुगुमा खाद्यन्न अभाव

डिसी नेपाल
७ भदौ २०७७ १०:२०

मुगु । जिल्लामा खाद्य गोदाम रित्तिएपछि उपभोक्तालाई चामल पाउन मुश्किल हुन थालेको छ।
गमगढीमा रहेको मुख्य खाद्य गोदामसहित सोरुकोट, पूलु, श्रीकोट, रातापानी, कालैलगायत खाद्य डिपोहरुमा खाद्यन्न सकिएपछि उपभोक्ताहरुलाई खाद्यन्न पाउन समस्या भएको हो।

गत आर्थिक वर्षमा ढुवानी भएको चामल बिक्री भई सकेको र यो चालु आर्थिक वर्षको चामल ढुवानीको लागि ठेक्का प्रकृया मै रहेको हँुदा जिल्लाभरीका खाद्य डिपो देखि बिक्री केन्द्रमा खाद्यन्न सकिएका छन्।


गमगढी खाद्य गोदाम ५ सय क्विन्टल चामल आपतकालिनको लागि जगेडा राखेको र सबै डिपोमा चामल नभएको खाद्य व्याबस्थापन तथा व्यापार कम्पनी लिमिटेड मुगु शाखा प्रमुख कर्णबहादुर रावलले बताए।

लक डाउनका बेला स्थानीय सरकारहरुले राहत स्वरुप वितरण गरेको चामल लिमेटेडबाट नै लगेको र बाहिर जिल्ला तथा भारत र अन्य मुलुकमा रहेका मुगालीहरु यो अवधीमा जिल्ला भित्रीएकाले चामल विक्री वितरण बढेर आभाव भएको पनि उनले बताए।

राहत वितरण गर्दा जिल्लामा रहेका चार वटा स्थानीय सरकारहरुले लिमिटेडका विकी्र केन्द्र, डिपो तथा शाखाबाट १० हजार १ सय १९ दशमलव ४५ क्यूनटल चामल खरिद गरेका थिए।

गत वर्षहरुमा यसरी खाद्य गोदाम खाली भएको रेकर्ड थिएन उनले भने ‘यो पटक कोरोना महामारीका कारण चामल बढी खपत भएको हुँदा साउन मै गोदाम रित्तिएका हुन।’
गोदाममा चामल सकिएपछि अहिले कम्पनीले बिक्रि वितरण कार्य बन्द गरेका छ । चामल छिटो आपूर्तीको ब्यवस्था मिलाई दिन क्षेत्रीय कार्यालयमा पत्रचार गरी सकेको प्रमुख रावलले भने।

एकातिर कोरोनाको कहरले जिल्लामा लकडाउन लम्बिरहेको र अर्कोतिर खेतबारीमा अन्नबाली नपाकेको अबस्थामा जिल्लामा खाद्यन्न अभाव हुँदा उपभोक्ताहरु चिन्तित भएका छन्।

गमगढी क्षेत्रमा १० हजार क्यून्टल, सोरुकोट डिपोमा २२ सय क्यून्टल, पूलु डिपोमा १२ सय क्यून्टल, श्रीकोटमा १२ सय र रातापानीमा ८ सय क्यून्टल वार्षिक खाद्य कोटा रहेको खाद्य व्याबस्थापन तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ।

खाद्य गोदाम मात्र नभएर गमगढी बजार क्षेत्रका ब्यापारीको पसलहरुमा पनि समेत खाद्यन्न लगायत अन्य दैनिक उपभोग्य वस्तुहरुको समेत अभाव हुन थालेको ब्यापारीहरुले बताउनु भएको छ ।

लगातारको बर्षाले नाग्म–गमगढी सडक अबरुद्ध हुनु र सडक विस्तारकानाममा सडक हिलाम्य हुदा महिनौ दिनसम्म ढुवानी गर्ने मालबाहक साधन बाटो मै रोकीने समस्याले गाडीहरु मुगु आउन नमान्दा मौजाद सामान सकिएको र थप सामानहरु ल्यान कठिनाई हुदै गएकाले दैनिक उपभोग्य वस्तुहरुको अभाव हुदै गएको उद्योग बाणिज्य संघ मुगुले बताएको छ ।

गत २ गते उद्योग बाणिज्य संघ मुगुमा व्यापारीहरुको बसेको बैठकमा व्यापारीहरुले सडक नियमित नियमित संचालन नभएको सडक मर्मतमा सरकारले ध्यान नदिएको हुदाले सामान ढुवानी गर्न समस्या हुदा बजारमा दैनिक उपभोग्य वस्तुहरुको अभाव भएको बताएका थिए । अबको केहि दिनमा पनि सडक सुचारु हुन नसकेमा सामानहरु सकिएर ढोका बन्ध गरि बस्नु पर्ने अवस्था सृजना हुने व्यापारी रवि रावतले बताउनु भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *