‘मेरा श्रीमानले माया मात्रै गर्छन्, झगडा गर्दैनन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्‍यो’

डिसी नेपाल
७ भदौ २०७७ १२:२६

काठमाडौं। श्रीमान श्रीमतीबीच मनमुटाव भएर सम्बन्धविच्छेद गरेका घटना त हामीले धेरै सुनेका छौं तर के तपाइँले श्रीमान वा श्रीमतीले धेरै माया गरेका कारण सम्बन्धविच्छेदको माग गरिएको घटना कतै सुन्नुभएको छ ? भारतको उत्तर प्रदेशको संभल जिल्लामा यस्तै घटना भएको छ । यहाँको सरायतरीनमा बिहे भएको १८ महिना बितिसक्दा पनि श्रीमानसँग कुनै पनि कुरामा झगडा नभएपछि श्रीमतीले सम्बन्धविच्छेदको माग गरेकी छिन् । श्रीमानले धेरै माया गरेका कारण श्रीमतीले सम्बन्धविच्छेद मागेपछि यो विषय यहाँ चर्चामा छ ।

हिन्दी अखबार दैनिक जागरणको एक रिपोर्टअनुसार श्रीमतीले अदालतमा सम्बन्धविच्छेदको लागि निवेदन दिएकी थियन् । अदालतले सबै कुरा सुनिसकेपछि श्रीमतीको सम्बन्धविच्छेदको निवेदन खारेज गरिदिएको छ । अदालतले निवेदन खारेज गरिदिएपछि यो विषय टोलको पञ्चायतमा पुग्यो । दिनभर पञ्चायतमा छलफल भए पनि यस विषयमा कुनै समाधान निस्किएको छैन । श्रीमानले भने आफू राम्रो श्रमिान बन्न चाहेको बताएका छन् । श्रीमतीले भने यति धेरै मायाले आफूलाई असहज महसुस भएको बताएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *