सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सेल्फ क्वारेन्टिनमा

डिसी नेपाल
७ भदौ २०७७ २०:०७

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढीस्थित आफ्नै निवासमा ‘सेल्फ क्वारेन्टिन’मा बसेका छन् ।

मुख्यमन्त्री निवासका चालकमा आज कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनि सेल्फ क्वारेन्टिनमा बसेका हुन्। ‘‘सेल्फ क्वारेन्टिनमा बस्नु परेपछि उहाँले भेटघाट बन्द गर्नु भएको छ”, मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले भने, “हामी सबै सेल्फ क्वारेन्टिनमा छौं ।”

केही दिन अघि मुख्यमन्त्री भट्ट परिवारका सदस्यसहित गृह जिल्ला डोटी पुगेका थिए । त्यहाँ उनले कोरोना परीक्षण गर्ने पिसिआर मेसिनको उद्घाटन गरेका थिए । डोटी भ्रमणकै क्रममा उनका चालकमा सङ्क्रमण भएको आशङ्का गरिएको छ । चालकमा कोरोना सङ्क्रमण देखिएपछि चालकको सम्पर्कमा आएका मुख्यमन्त्रीसहित सबैको नमूना लिने तयारी गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *