उपत्यकाका प्रजिअको बैठक बस्दै, निषेधाज्ञाको अवधि १ हप्ता थप्ने तयारी

डिसी नेपाल
९ भदौ २०७७ १४:४२

काठमाडौं। काठमाडौं उपत्यकामा रहेको निषेधाज्ञाको समय अझै १ हप्ता थप्ने तयारी भइरहेको छ। यसबारे निर्णय गर्न उपत्यकामा रहेका ३ वट जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरुको बैठक बस्ने भएको छ।

उपत्यकामा रहेका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि जारी निषेधाज्ञाको अवधि १ हप्ता बढाइने स्रोतले डिसी नेपालसँग भनेको छ। हालसम्म फेला परेका संक्रमितहरुलाई आइसोलेसमा लगिएको र अर्को एक हप्ताको निषेधाज्ञामा सबैको कन्ट्रयाक्ट टे«ेसिङ गरेर सक्ने गरी तयारी भइरहेको स्रोतको दाबी छ। जसका लागि १ हप्ता निषेधाज्ञाको अवधि गर्ने तयारी गरिएको स्रोतले जानकारी दियो।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लागु गरेको लकडाउन सरकारले साउन ६ गतेबाट औपचारिक अन्त्य गरेपछि काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढ्दै गएको छ। कोरोना संक्रमण बढेपछि यसका विषयमा निर्णय गर्ने जिम्मा स्थानीय तहहरुलाई दिएको थियो।

दिन प्रतिदिन कोरोनको संक्रमण बढ्न थालेपछि ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो। भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञाको समायवधि भोली (बुधबार) राति १२ बजे सकिदै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *