कोरोना सम्बन्धि सरकारको कामबारे अनुगमन गर्न संसदीय समिति गठन

डिसी नेपाल
९ भदौ २०७७ २३:१९

काठमाडौं। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागि गरेका प्रयासको अनुगमन तथा निरीक्षण गर्नका लागि उपसमिति गठन गरेको छ ।

समितिको मंगलबार कोभिड १९ को विषयमा भएको भर्चुअल छलफलमा समितिका सदस्य जीवनराम श्रेष्ठ, अञ्जना विशंखे, तिलकबहादुर महत क्षेत्री, सन्तकुमार थारु, एकवाल मियाँ, सरिता न्यौपाने र नमिताकुमारी चौधरी रहेको सात सदस्यीय उपसमिति गठन गरिएको समितिका सभापति जयपुरी घर्तीले जानकारी दिइन्। सङ्क्रमणको कारणले जोखिमयुक्त जिल्लामा कन्टयाक ट्रेसिगलाई प्रभावकारी बनाउने, पिसीआर परीक्षण गर्ने र त्यसको रिपोर्ट तोकिएको समयमा यथाशीघ्र सम्बन्धित व्यक्तिलाई जानकारी दिन पनि सरकारलाई निर्देशन दिएको छ । छलफलमा सङ्क्रमितलाई व्यवस्थित आइसोलेसनमामा अक्सिजनसहितको व्यवस्था गर्नुपर्ने र सङ्क्रमितलाई स्वास्थ्यवर्धक र सन्तुलित आहारको प्रबन्ध मिलाउनसमेत निर्देशन दिएको छ ।

छलफलमा कोभिड १९ को उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तह बीचमा सक्रिय समन्वय र सहकार्य गर्न समेत निर्देशन दिइएको छ । छलफलमा काठमाडौं उपत्यकामा समयमा नै उपचार, रोकथाम र नियन्त्रणको लागि व्यवस्थित र सशक्त कदम चाल्न नसकेमा स्थिति निकै भयावह हुने देखिएकोले स्थानीय तहसँगको छलफल गरी चाँडो नियन्त्रण गर्न र सङ्क्रमितलाई तत्काल आइसोलेसन सेन्टरमा राख्ने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ ।

कोभिड १९ वाहेकका बिरामी र गर्भवतीलाई हालसम्म पनि अस्पतालमा सहज उपचारको व्यवस्था हुन नसक्दा मृत्युवरण गर्नुपर्ने वाध्यात्मक अवस्था रहेको हुदाँ यथाशिघ्र सहज उपचारको व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ । समितिले कोभिड १९ बाहेकका िबरामीको उपचार व्यवस्था ठीक हिसाबले भएको छ छैन जाँच गर्न निर्देशन र अनुगमनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

यस्तै निषेधाज्ञाको अवस्थामा सर्वधारणलाई दैनिक उपभोग्य सामग्री (तरकारी, खाद्यान्न) खरिद गर्न टोलटोलमा साना पसलहरु खोल्ने व्यवस्था गर्नुपर्ने, कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि खोपको अनुसन्धान भइरहेको र अन्तिम परीक्षणमा पुगेकाले नेपालमा पनि यसको परीक्षणलाई शीघ्र परिणाम आउने गरी खोप प्रयोगको लागि योजना निर्माण गरी तीव्र तयारीमा लाग्न समेत निर्देशन दिइएको सभापतिले जानकारी दिइन्।

छलफलमा कोभिड १९ र कोभिड १९ बाहेकका बिरामी अस्पताल जान आउन एम्बुलेन्सको उचित व्यवस्था नहुँदा ठूलो कठिनाइ भोग्नु परिरहेको हुँदा तत्काल आवश्यक व्यवस्था गर्नुपर्ने, विदेशबाट आएका नेपाली कामदारलाई क्वारेन्टिन, खाना बस्नेको व्यवस्था सरकारले गर्नुपर्ने र खाडी राष्ट्रमा राहदानीको अवधि समाप्त भई अलपत्र परिरहेका, टिकट किन्न नसक्नेलाई सरकारले टिकटको व्यवस्था गरी समयमा नै नेपाल फर्काउने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ ।
समितिले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागिा अग्रपंक्तिमा बसी काम गरिरहेका स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र उनीहरुको खाना र बसोबासको उचित व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

यस्तै ६० वर्षमाथिका समूहमा सङ्क्रमणको अनुपात बढ्दै गइरहेकाले ती समूहहरुलाई बचाउन समुदायलाई सचेत र जानकारी गराउनुका साथै ज्येष्ठ नागरिक लक्षित कार्यक्रम लागू गर्न र सङ्क्रमण रोकथामका उपायबारेमा सबै स्वास्थ्यकर्मीलाई तालिम दिनसमेत समितिले आग्रह गरेको छ ।
छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ डा रोशन पोखरलले सङ्क्रमित बढी देखिएका ठाउँमा केन्द्रबाट चिकित्सकको टोली खटाइएको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *