उपत्यकाको निषेधाज्ञा एक साता थपियो

डिसी नेपाल
१० भदौ २०७७ ११:२६
8
Shares

काठमाडौं। उपत्यकाका ३ वटा जिल्लामा भदौ ३ गतेदेखि लागु गरिएको निषेधाज्ञाको समय १ साता थप गरिएको छ। तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा कोरोनाको संक्रमण बढ्दै गएपछि निषेधाज्ञा १ हप्ताका लागि निरन्तरता दिइएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अबको १ साता निषेधाज्ञा लम्ब्याइएको जानकारी दिए। हाल गरिएको निषेधाज्ञाले कोरोनाका संक्रमितहरुलाई आइसोलेट गर्ने काम गरेको र अबको एक सातासम्म कन्ट्याक्ट टे«सिङ गरीने उनले जानकारी दिए।

थप एक साता निषेधाज्ञा जारी राखेपछि काठमाडौं उपत्यका भित्रको कोरोना संक्रमणको दरमा कमी आउने विश्वास उनले लिएका छन्। उनले भने, ‘थप गरिएको समयावधिमै कोरोना सम्बन्धी धेरै काम गर्ने र काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका संक्रमणको दर कम गर्ने लक्ष्य लिएका छौं।’

«े


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *