ट्रोलको शिकार भए रक्षामन्त्री पोखरेल र उनका सम्धी कोइराला

डिसी नेपाल
१० भदौ २०७७ १२:०७

काठमाडौं। सेनाको विकास निर्माणलगायका काममा आर्थिक लाभका लागि राजनीतिक दबाव दिएका कारणले विवादमा पर्दै आएका रक्षामन्त्री पोखरेल यतिबेला समाजिक संजालमा ट्रोल भएका छन्।

उपप्रधानमन्त्री पोखरेलले सम्धी  डा. उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गरेको भन्दै आलोचना भइरहेको छ। जबकि बुधबार (आज) बस्ने संचालक समितिको बैठकले कोइरालाई अध्यक्षमा नियुक्त गर्ने बताइएको छ।

डा. कोइराला सबैभन्दा पहिला तत्कालीन एमालेको ९ महिनो सरकारका पालामा खाद्य संस्थानको महाप्रबन्धक बनेका थिए। त्यसपछि उनी विराटनगरको महेन्द्र मोरङ क्याम्पसको प्रमुख भए।

यतिमात्र होइन उनी नेपाल आयल निगमको अध्यक्षसमेत बन्न सफल भए। यसपछि डा. कोइराला उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्ष बने। त्यसपछि डा. कोइाराला मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्त भए।

गत असोजमा उपकुलपतिको पदावधि सकिएपछि खाली रहेका उनी हाल राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्ति हुने तय  भएकाे छ। यसरी लगतार सरकारबाट पुरस्कृत हुने मौका पाउने भाग्यमानी कोइराला उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी हुन्। त्यसैले पनि यो नियुक्तिमा पनि पोखरलेको हात रहेको भन्दै निकै आलोचना भइरहेको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री  पोखरेलका सम्धीसमेत रहेका कोइरालाको नियुक्तिले पोखरेल पनि आलोचकहरुको तारोमा परेका छन्। सामाजिक सञ्जालमा ‘सम्धी’ शब्दको प्रयोग भएर स्टाटसहरुको बाढी नै आएको छ।  समाजिक सञ्जालमा उपप्रधानमन्त्री पोखरेल र डा. कोइराला निकै ट्रोल भएका छन्।

सामाजिक सञ्जालमा पत्रकार कुसुम भट्टराईले लेखेका छन्, ‘अब सम्धीनीज्यूलाई पनि सम्धीले मात्र नियुक्ती पाउनु र सम्धीकै मात्र चर्चा हुनु लैंगिक विभेद हो। अब सम्धीनीज्यूलाई पनि तत्काल लाभका पद दिलाइयोस्। साढु दाई, साढु भाई, फुपाजु, सोल्टा, सोल्टीनी, मित, मितिनी, भदाहा, भदैनी, झड्केला सन्तान, आइते र ल्याइते दुबै तर्फका सन्तान, प्रेमिका, गर्लफ्रेन्ड, लिभिंग टुगेदरवाली आदि सबैलाई सन्तुष्ट पार्ने गरि लाभका पद बाँडौं। अँ, मालीस गर्ने, गोडा मल्ने, ढाड कन्याइदिने, कान खुजलाइदिने, दारी काटिदिने, नंग काटीदिने, पंखा हम्कीदिने छन् भने नछुटाउँ। नेपोटीज्मलाई कम्युनिज्मको प्रमुख मार्गदर्शक सिद्धान्तका रुपमा लागू गरौं । यही नै आजको जबज हो।’

सामाजिक सञ्जालहरुमा पोखरेल र कोइरालालाई जोडेर मीमहरु पनि बनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *