रौतहटमा हत्या आरोपीको हिरासतमै मृत्यु, गरुडा बजारमा स्थानीय बासिन्दाको प्रर्दशन

डिसी नेपाल
१२ भदौ २०७७ ९:२१

काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको व्यक्ति हिरासतमै मृत्यु भएपछि रौतहटको गरुडा बजारमा प्रहरी विरुद्ध प्रर्दशन भएको छ। बिहीबार दिँउसो र अहिले विहान गरुडा बजारका स्थानीय वासिन्दाले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको हिरासतमै मृत्यु भएपछि प्रहरी विरुद्ध प्रर्दशन भएको हो।

साउन ३२ गते रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षीय निरजंन रामको घाँटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका विजय रामको हिरासतमै मृत्यु भएको थियो। तर प्रहरीले भने उनी मृर्गौलाको रोगी रहेको र उनलाई अस्पतालमा उपचारको लागि पठाइएको थियो उपचारको क्रममा वीरगन्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएको जनाएको छ।

मृतक रामको शरीरमा घाउ चोट र निलडामसहितको तस्वीर सार्वजनिक भएपछि स्थानीयवासीले प्रहरीविरुद्ध नारावाजी गर्दै इलाका प्रहरी कार्यालय गरुडा अगाडि प्रर्दशन गरेका हुन्।

‘विजयरामको अस्पतालमा मृत्यु भएको हो उनको मिर्गौलामा समस्या रहेछ उपचारका लागि अस्पतालमा पठाएका थियौं’, जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक (एसपी) रविराज खडकाले भने। उनका अनुसार प्रहरीको यातनाबाट विजयरामको मृत्यु भएको होइन।

निरजंन राम हत्याकाण्डको अनुसन्धानका क्रममा प्रहरीले निर्दोषलाई पक्राउ गरेर यातना दिँदै अपराध स्वीकार्न लगाएको स्थानीय वासिन्दाले आरोप लगाएका छन्। इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले चरम यातना दिएर मृत्यु भएको स्थनीयले आरोप लगाएका छन्।

घटनाको अनुसन्धान गरिरहेको रौतहट प्रहरी उपर गम्भीर आरोप लागेको छ। प्रहरीले किड्नी बिग्रेको कारण निधन भएको भने पनि मृतक रामको पिठ्यू, तिघ्रामा घाउचोटको दाग रहेको स्थानीय वासिन्दाको आरोप छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *