नुवाकोटको बेलकोटगढी नगरपालिकामा एक पुरुषद्वारा झुण्डिएर आत्महत्या
नुवाकोट । नुवाकोट बेलकोटगढी नगरपालिकाका एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् ।
शुक्रबार बिहान बेलकोटगढी नगरपालिका १ आरुखर्क ढुङ्गाना टोल बस्ने ४६ वर्षिय बिष्णु प्रसाद ढुङ्गानाले आफ्नै घर कोठामा रहेको काठको दलिनमा डोरीको पासो लगाई झुन्डि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घटना बारे प्रहरी कार्यालयमा खबर प्राप्त हुनासाथ प्रहरी अधिकृत सहितको टोली घटनास्थलमा गई घटनास्थलको सुक्ष्म अनुसन्धान गरी घटनास्थल शवजाँच मुचुल्का उठाई उक्त लाशलाई शव परिक्षणको लागी त्रिशुली अस्पताल नुवाकोट पठाईएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताए ।
घटना बारे थप अनुसन्धान भईरहेको उनले बताए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment