तिम्रो आँखाको भाकामा म्यूजिक भिडियो डिजिटल प्लेटफर्ममा सार्वजनिक

डिसी नेपाल
१३ भदौ २०७७ १९:०२

काठमाडौं। जीवन आचार्यको निर्देशनमा बनेको म्यूजिक भिडियो तिम्रो आँखाको भाकामा डिजिटल प्लेटफर्म युट्युबमार्फत सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलबाट सो म्यूजिक भिडियो गत २७ अगस्टमा सार्वजनिक गरिएको हो।

आधुनिक गीत तिम्रो आँखाको भाकामा सनुप पौडेलले सुमधुर स्वर दिएका छन्। शब्द डा. ध्रुव श्रेष्ठका हुन् भने कम्पोजर सुमन रञ्जितकार हुन्। सो गीतको एरेन्ज बिबेक शाक्यले गरेका हुन्।

डा. ध्रुब श्रेष्ठ र शरु बुढाथोकीले मोडलिङ गरेको म्यूजिक भिडियोको निर्देशन जीवन आचार्यले गरेका हुन्। यो म्यूजिक भिडियोलाई युट्युबमा दर्शकहरुले मन पराइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *