उपप्रधानमन्त्री पोखरेल, स्वास्थ्यमन्त्री ढकाल र प्रधानसेनापतिको पीसीआर रिपोर्ट नेगेटिभ

डिसी नेपाल
१४ भदौ २०७७ १:२८

काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापति पूर्णचन्द्र थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। नेपाली सेनाको स्रोत अनुसार तीनैजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सचिवालयका एक कर्मचारीलाई कोरोना भएपछि तीनैजना आइसोलेशनमा रहेका थिए। उपप्रधानमन्त्री पोखरेल आइसोलेशनमा बसेपछि नेकपा सचिवालयको बैठक नै स्थगित हुन पुगेको छ। उता गृहमन्त्री रामबहादुर थापा पनि आइसोलेशनमा छन्। तर, उनको कोरोना परीक्षणबारे भने केही खुलाइएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *