राजविराजमा एक घर एक पिसिआर अभियान सुरु

डिसी नेपाल
१४ भदौ २०७७ २३:२१

राजविराज । सहयोद्धा नामक सामाजिक संस्थाले राजविराजमा एक घर एक पिसिआर अभियान सुरु गरेको छ । सप्तरीको राजविराज नगरपालिकालाई केन्द्रित गरेर उक्त संस्थाले एक घर एक पिसिआर परिक्षण अभियान सुरु गरेको हो ।

उक्त अभियान अन्तर्गत संस्थाले आइतबार पहिलो चरणमा राजविराज नगरपालिका वडा नम्बर ८ मा पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको छ । मिसन कलेजमा दिउँसो साढे ३ बजे देखि सुरु भएको कार्यक्रम ६८ घरबाट ६८ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको हो । स्वाब संकलनका लागि राजविराज नगरपालिका वडा नं. ८ कार्यालय र सप्तरी युथ नेपालको समन्वयमा गरिएको थियो । कार्यक्रममा स्थानियहरुले समाजिक दूरी कायम राखी जिम्मेवार नागरिकको भूमिका निभाएकोले स्वाब संकलनका लागि सहज भएको संस्थाका अध्यक्ष रवीन्द्र यादवले बताए ।

‘एक–एक को अमूल्य छ जिवन, कोरोना को रोकथाम हो परिक्षण ” नाराका साथ पहिलो चरणको कार्यक्रममा संस्थाका सदस्यहरुले सुरक्षाका उपायहरू अपनाएर सम्पन्न भएको हो । संस्थाका सह सचिव सत्यम यादव अनुसार अभियानका लागि राजविराज नगरपालिकाको जनस्वास्थ्य महाशाखाले समेत सहकार्य गरेको छ । महाशाखाको समेत समन्वयमा संस्थाको टिमले घरघर पुगेर स्वाब संकलन गर्ने आउन अनुरोध गर्ने गरेको छ। स्वाब संकलनका लागि नगरपालिकाले स्वास्थ महाशाखाका ३ जना कर्मचारी र वडा प्रहरी कार्यलयले २ जना प्रहरी समेत उपलब्ध गराएको थियो ।

अभियानले कम्तीमा एक घरबाट एकजनाको स्वाब संकलन गरि परीक्षणका लागि गजेन्द्र नारायण अस्पतालमा पठाउनेछ । कोरोना भाइरसको बढ्दो अवस्था र सरकारको जति गर्नुपर्ने हो, त्यति नगरेका कारण संस्थाले अभियान सुरु गरेको संस्थाका प्रमुख सल्लाहकार रोशन यादवले बताए ।

अभियानबाट सरकारलाई खबरदारीका साथै गुणस्तरीय क्वारेन्टाइन तथा आइसोलेसनको व्यवस्था गर्न दबाब समेत दिने उनले बताएका छन् । कार्यक्रम सहयोद्धाको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरेको थियो। अभियानको दोश्रो चरणको स्वाब संकलन कार्य वडा २ मा आउने शनिबार गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *