नागार्जुनका मेयर बस्नेत कोरोना संक्रमित
काठमाडौं। काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत कोरोना संक्रमित भएका छन्।
बिहीबार आएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ। नगरपालिका स्रोतले मेयर संक्रमित भएको पुष्टि गरेको छ। स्रोतका अनुसार संक्रमित भएपछि मेयर बस्नेत आफ्नै घरमा आइसोलेशनमा बसेका छन्।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment