मन्त्रिपरिषद बैठक जारी, बामदेवलाई राष्ट्रियसभामा मनोनित गर्न सिफारिस गरिने

डिसी नेपाल
१९ भदौ २०७७ १२:४१

काठमाडौं। नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने पार्टी निर्णयलाई वैधता दिन मन्त्रिपरिषद बैठक बरिसकेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरिने स्रोतले जनाएको छ। बैठकले अर्थमन्त्री युवराज खतिवडाको बिदाइ पनि गरिने बताइएको छ।

अर्थमन्त्री खतिवडाको कार्यकाल भोलि शनिबार सकिँदैछ। नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय गरेपछि अर्थमन्त्री खतिवडाको आजको मन्त्रिपरिषद बैठक अन्तिम हुनेछ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *