काठमाडाैं महानगरपालिकाले काेराेना परीक्षकाे दायरा बढाउने

डिसी नेपाल
१९ भदौ २०७७ १४:१३

काठमाडाैं। हरेक दिन कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ।

अहिलेसम्म कामपाले कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट ३२ वटै वडामा दुई हजार ७७५ जनालाई परीक्षणको दायरामा ल्याएको छ। आज वडा ३१ मा ३०० जनाको परीक्षण भइरहेको छ । केही दिनअघि काठमाडौँ उपत्यका नगरपालिका फोरमले परीक्षणको दायरा बढाउने निर्णय गरेपछि कामपाले हरेक दिन सङ्क्रमितको सम्पर्कमा आएकाको परीक्षणलाई तीव्र बनाएको छ।

अहिलेसम्ममा वडा ३, ६, ८, २१, २६, २९ र २१ मा बिरामीको सम्पर्कमा रहेकाको परीक्षण गरिसकेको कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिए। उनका अनुसार पहिले कन्ट्याक्ट ट्रेसिङपछिको परीक्षणमा मुस्किलले एक दुई जनाको मात्रै पोजेटिभ देखिने गरेकामा अहिले भने ५० प्रतिशतमा सङ्क्रमण देखिन थालेको छ । “कामपाको भित्रिक्षेत्रमा मानिसको अत्यधिक बसोबास छ, त्यहाँ सङ्क्रमण फैलिएको हुनसक्छ । अब त्यस ठाउँको परीक्षण गरिन्छ”, प्रमुख कुँवरले भने।

महामारी नियन्त्रण गर्न बिरामीको सम्पर्कमा भएका व्यक्ति पहिचान गरेर परीक्षण गर्ने र सङ्क्रमण भएकालाई अन्यको सम्पर्कबाट छुटाउने गरी काम गरिरहेको कामपाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले बताए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *