स्वाब सङ्कलन सवारी साधन हस्तान्तरण

डिसी नेपाल
१९ भदौ २०७७ २१:५५

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले कोरोना परीक्षणका लागि सहयोग पु¥याउन सशस्त्र प्रहरी बल अस्पताललाई घुम्ती स्वाब सङ्कलन सवारी साधन तयार गरिदिएको छ। नाष्टका सचिव डा महेशकुमार अधिकारीले सशस्त्र प्रहरी उपरीक्षक डा शैलेन्द्र श्रेष्ठलाई आज यहाँ ‘मोबाइल स्वाब केलेक्सन बुथ भेइकल’ हस्तान्तरण गरे । सो सवारी साधन विभिन्न सशस्त्र प्रहरी व्यारेकमा कोरोना परीक्षणका लागि प्रयोग ल्याइने र आवश्यक परेको खण्डमा सर्वसाधारको पनि परीक्षण गरिने जनाइएको छ ।

नाष्टका प्रविधि सङ्काय प्रमुख डा. रवीन्द्रप्रसाद ढकालले कोरोना जोखिम बढ्दै जाँदा यसबाट सुरक्षित रहन ‘अनुसन्धान र विकास’ मा ध्यान दिन आवश्यक भएको बताए । वरिष्ठ प्रविधि अधिकृत डा. शङ्कर ढकालले ‘मूलुकका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन’ भन्ने नारालाई आत्मसात गर्दै आफूहरुले महेन्द्रा स्कर्पियो पिक अपमा दुई वटा स्वाब सङ्कलन केन्द्र तयार गरेको जानकारी दिए ।

यसअघि नाष्टले गत साउन १२ गते नेपाल प्रहरी अस्पताललाई ‘मोबाइल स्वाब कलेक्सन भ्यान’ नामक एक एम्बुलेन्स तयार गरी हस्तान्तरण गरिसकेको छ । नाष्टले पहिलो चरणमा साउन १० गते यसैगरी बिरामी व्यक्तिबाट चिकित्सकलाई सजिलै जोगाउन नेपाली सेनाको सहयोगमा ‘मोबाइल स्वाब कलेक्सन भेइकल’ निर्माण गरी कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरिसकेको छ । सो भेइकल हाल देशका विभिन्न सरकारी निकायमा कोरोना परीक्षणका लागि प्रयोग भइरहेको बताइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *