जबरजस्ती करणीको आरोपमा दुई पक्राउ

डिसी नेपाल
२० भदौ २०७७ १८:५६

कञ्चनपुर । बेदकोट नगरपालिका–३ का दुई जनालाई सामूहिक जबरजस्ती करणीको आरोपमा आज प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा २३ वर्षका केशव ठकुराठी र ३७ वर्षका मिनराज भट्ट रहेका छन् । स्थानीय महिलालाई सामूहिकरुपमा करणी गरी दुवै जना गत चैत १० गतेदेखि फरार रहँदै आएका थिए ।

दुवै जनाविरुद्ध पीडित महिलाले प्रहरीलाई उजुरी दिएकी थिइन् । महिलाले उजुरी दिएपछि दुवै जना फरार थिए । घर आएका बेला दुवै जना पक्राउ परेका हुन् । दुवैलाई पक्राउ गरी आवश्यक अनुसन्धानको कार्य भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *