बलिउड अभिनेता अर्जुन कपुर कोरोना पोजिटिभ
मुम्बई। बलिउड अभिनेता अर्जुन कपुर कोरोना संक्रमित भएका छन्। उनले आफू कोरोना पोजिटिभ भएको जानकारी इंस्टाग्राममार्फत दिएका छन्। उनको कोरोना परीक्षणको रिपोर्ट आइतबार आएको हो।
अभिनेता कपुरले आइतबार आएको रिपोर्टमा आफू कोरोना पोजिटिभ भएको भन्दै होम क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन्। उनले आफू संक्रमित भएकोबारे जानकारी दिनु आफ्नो कर्तव्य भएको बताएका छन्।
यसअघि अमिताभ बच्चनसहित उनको परिवार, अनुपम खेरको परिवार पनि कोरोना संक्रमित भएको थियो। उनीहरु सबै हाल कोरोनाबाट मुक्त भइसकेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment