प्लाज्मा थेरापी विधिबाट उपचार शुरु

डिसी नेपाल
२१ भदौ २०७७ १९:३४

धनगढी । सेती प्रादेशिक अस्पतालमा पहिलो पटक आजदेखि प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको छ । अस्पतालको आइसोलेसनमा रहेकी धनगढी उपमहानगरपालिका– ५ की ५७ वर्षीया महिलाको प्लाज्मा थेरापी विधिबाट उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, “कोरोना सङ्क्रमणपछि गम्भीर अवस्थामा पुगेकी महिलामा थेरापि विधिबाट उपचार भइरहेको छ ।” प्लाज्मा थेरीपी गर्न कोरोना सङ्क्रमित व्यक्ति ठीक भई पिसीआर रिपोर्ट नेगेटिभ आइसकेपछि उसको शरिरमा एक खालको एन्टीबडी बनेको हुन्छ र उसको प्लाज्मा सङ्क्रमित व्यक्तिमा ट्रान्समिट गरे त्यसले कोरोना भाईरसलाई न्युटिलाइज गर्ने भन्ने सिद्धान्त रहेको बताइएको छ ।

“गम्भीर खालका कोरोना सङ्क्रमित बिरामीलाई आईसियमा राखेर डाक्टरको प्रत्यक्ष निगरानीमा प्लाज्मा चढाउने गरिन्छ”, श्रेष्ठले भने, “साधारण कोरोना पोजेटिभका बिरामीलाई भने प्लाज्मा चढाइँदैन ।” यस विधिबाट उपचार गर्नका लागि कोभिड–१९ मुक्त भइसकेको व्यक्तिले रगतदान गर्नुपर्ने हुन्छ र सो रगतबाट नै प्लाज्मा तयार पारेर बिरामीको उपचार गरिने बताइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *