शिवाकोटीको मेरो जीवन म्युजिक भिडियो बजारमा
काठमाडौं। लामो समय देखि गीत संगीतमा निरन्तर रुपमा प्रबासमा बसेर सक्रियता देखाइरहेका गायक हुन् तुलसी शिवाकोटी। युरोप निवासी गायक शिवाकोटीले कोरोना कहरको यो समयमा पनि आफ्नो गायन यात्रालाई जारी राखेका छन्। उनले हालै तिमी मेरो जीवन बोलको गीतको भिडियो बजारमा ल्याएका छन्।
हरि उप्रेतीको शब्द सिर्जनामा चन्द्र सिंह घलेको संगीत रहेको गीतमा अनिता तामाङ र तुलसी शिवाकोटीको अभिनय देख्न सकिन्छ। एब्लोजन तामाङको निर्देशन रहेको गीत बजारमा आएसँग्र राम्रो प्रतिक्रिया आएको निर्माण यूनिटले जनाएको छ।
प्रवासको बसाइ आफ्नो काम परिवार र संगीत एकै साथ अगाडि बढाउनु धेरै चुनौतीको कुरा हो। तर पनि प्रवासमा बसेर आफ्नो कला संस्कृतिको जगेर्ना र गीत संगीत क्षेत्रमा गायकम शिवाकोटीले योगदान दिइरहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment