२६ किलो अफिमसहित पाँच पक्राउ

डिसी नेपाल
२१ भदौ २०७७ २१:३०

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोलीको नेतृत्वमा २६ किलो लागुऔषध अफिमसहित पाँच जनालाई पक्राउ गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयबाट गएको विशेष टोली, औषध ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमबाट खटिएको संयुक्त टोलीले शनिबार बेलुका ७ः०० बजेको समयमा नलगाड नगरपालिका–९ जाजरकोट निवासी ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर सिंहलाई १६ किलो अफिमसहित पक्राउ गरिएको हो । बरामद लागुऔषध अफिमसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिममा आवश्यक कारवाहीका लागि बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

त्यसैगरी शनिबारकै दिन दिउसो १ः१५ बजेको समयमा कर्णाली प्रदेश प्रहरीको विशेष टोली, औषध ब्यूरो सुर्खेत र इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट खटिएको संयुक्त टोलीले नलगाड नगरपालिका–२ छेप्का जाजरकोटस्थित सडकमा हिँडिरहेको समयमा सोही वडाको चावले चौर निवासी ४२ वर्षीय मानबहादुर विष्ट र तातोपानी गाउँपालिका–५ जुम्ला निवासी हरिचन्द्र डाँगीलाई १० किलो लागु औषध अफिमसहित पक्राउ गरिएको प्रवक्ता बाँस्तोलाले बताए। उनका अनुसार उनीहरु दुवै जनाबाट रु. ५१ हजार ९६० र दुई थान मोबाइल बरामद गरिएको तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटमा बुझाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *