युवा रोल मोडलहरुले सुनाए सफलता पछाडिका संघर्षका कथा

डिसी नेपाल
२१ भदौ २०७७ २२:५८

काठमाडौं। चारजना युवा रोल मोडलहरुले आफूले प्राप्त गरेका सफलतहरु सजिलै प्राप्त नभएको बताएका छन्। उनीहरुले आफूले देखेका सपना पुरा गर्न गरेका संघर्षका कथा पनि सुनाए।

आइतबार आयोजित अन कभरिंग स्टोरियोटाइप्स शिर्षकको वेबिनारमा पारा तेक्वान्दो खेलाडी रञ्जाना धामीले आफूले देखेको सपना पुरा गर्न परिवारले सहयोग गरेको अनुभव सुनाइन्।

अपांगता भएर पनि खेलाडी जस्तो साहसिक पेशामा सफल हुन त्यति सजिलो भने नभएको उनले बताइन्। उनले परिवारको हौसला र आफ्नो संघर्षले सफलता पाएको बताइन्।

यस्तै एक पुरुष भएर पनि सफल मेकअप आर्टिस्ट बनेका अनिश तामाङले शुरुमा समाज र घर परिवारबाट सहयोग नपाए पनि आफूले संघर्ष जारी राखेको बताए। उनले आफ्नो सपना पुरा गर्न संघर्ष गरेको र विस्तारै घर र समाजले पनि त्यसलाई स्वीकार गर्दै हौसला दिएको बताए। उनले आफूले देखेको सपना पुरा गर्न संघर्ष गर्नुपर्ने बताए।

यस्तै नेपाली सेनाकी पहिलो महिला पाइलट मेजर निरु ढुंगनाले शुरु शुरुमा केही अप्ठ्योरो लागे पनि सेना भित्र त्यस्तो विभेद नहुने बताइन्। उनले सेनामा आफूले देखेको समावेसीकरण र सम्मानले दंग रहेको बताइन्।

उता सानै उमेरमा पनि समाज परिवर्तनका लागि योगदान दिएका अभियन्ता केपी खनालले आफूले कुनै काम गर्छु भनेर आँटेपछि त्यसलाई बिचैमा छोड्न नहुने बताए। उनले लक्ष्य प्राप्तीका लागि संघर्ष गर्नुपर्ने उल्लेख गर्दै आफूले देखेको सपना पुरा गर्न लक्ष्यमा दत्तचित्त भएर लाग्नुपर्ने बताए।

कार्यक्रममा यूएन सीईडीएडब्ल्यू कमिटीकी उपाध्यक्ष बन्दना राणाले कार्यक्रमको उद्देश्यले महत्वबारे प्रकाश पारेकी थिइन्। जेनेरेशन इक्वालिटी युथ वेबिनार सिरिज राष्ट्रिय युवा परिषद्, जागृति जाइल्ड कन्सर्न र नेशनल नेटवर्क फर बेइजिङ रिभ्यूसँगको सहकार्यमा साथी संस्थाले आयोजना गरेको हो। आइतबार यो वेबिनार सिरिजको तेस्रो श्रृंखला हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *