सट्टेबाजी गर्ने पक्राउ

डिसी नेपाल
२२ भदौ २०७७ २३:०१

चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले सट्टेबाजी र लागू औषधको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार सिपिएल क्रिकेटमा सट्टेबाजी खेलाउने चार र लागू औषधसहित दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नवलपरासी सुस्ता पूर्व गैडाकोट नगरपालिका वडा नं २ का २८ वर्षीय सविन कँडेल र ३४ वर्षीय राजेश सिग्देल छन् । भरतपुर महानगरपालिका वडा नं ७ का २२ वर्षीय रिनाज आचार्य र २८ वर्षीय सन्जिल लामिछाने छन् । उनीहरुलाई प्रहरीले अनलाईन सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको हो । उनीहरुबाट नगद रू।१ लाख ७२ हजार ५ सय र सट्टेबाजीको लागि प्रयोग गरेका मोबाइलवरामद गरीएको थापाले जानकारी दिनुभयो ।

यसै गरी प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका वडा नं २ का २५ वर्षाीय किशोर शाह र स्याङजा गल्याङ नगरपालिका वडा नं १ घर भई हाल खैरहनी नगरपालिका वडा नं १ बस्ने ४२ वर्षका राजेश बस्याल छन् ।

उनीहरुलाई आइतबार साँझ ६ बजे भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट पक्राउ गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *