मंगलबार अमेरिकी डलरको उकालो यात्रा सुरु, कस्तो छ अन्यदेशको हेर्नुहोस् (सूचिसहित)

डिसी नेपाल
२३ भदौ २०७७ ८:०४

काठमाडौं । मंगलबार अमेरिकी डलर उकालो लागेको छ। ३ दिनसम्म ११६ रुपैयाँ ७२ पैसामा कारोबार भएको अमेरिकी डलर मंगलबार उकालो लागेर ११७ रुपैयाँ ०५ पैसामा कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार मंगलबार अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ०५ पैसा, विक्रिदर ११७ रुपैयाँ ६५ पैसा रहेको छ। यूरोपीयन यूरो १ को खरिददर १३८ रुपैयाँ ६४ पैसा विक्रिदर १३९ रुपैयाँ ३५ पैसा रहेको छ।

यस्तै, पाउण्ड स्टर्लिङ १ को खरिददर १५४ रुपैयाँ ६१ पैसा, विक्रिदर १५५ रुपैयाँ ४४ पैसा रहेको छ। अष्ट्रेलीयन डलर १ को खरिददर ८५ रुपैयाँ ७२ पैसा, विक्रिदर ८६ रुपैयाँ १६ पैसा रहेको छ।

साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ २१ पैसा, ३१ रुपैयाँ ३७ पैसा रहेको छ। यूएई दिराम १ को खरिदर ३१ रुपैयाँ ८७ पैसा, विक्रिदर ३२ रुपैयाँ ०२ पैसा रहेको छ।
यस्तै, कुवेती दिनार १ को खरिददर ३८२ रुपैयाँ ७७ पैसा, विक्रीदर ३८४ रुपैयाँ ७४ पैसा रहेको छ। मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ १९ पैसा विक्रिदर २८ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *