थप ९०२ जनामा कोरोना पुष्टि, २ हजार २८७ डिस्चार्ज; ६ जनाको मृत्यु

डिसी नेपाल
२३ भदौ २०७७ १६:२१
4
Shares

काठमाडौं । मंगलबार देशभर ९०२ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ९०२ संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४८ हजार १३८ पुगेको छ।

हालसम्म ३२ हजार ९६४ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा २ हजार २ सय ८७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या ३०६ पुगेको छ। गत २४ घण्टामा १० हजार ६११ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ५ हजार ३१० जना क्वारेन्टिनमा रहेका छन्।

हेर्नुहाेस आजकाे कोभिड–१९ राष्ट्रिय अध्यावधिक प्रतिवेदन


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *