अमेरिकी डलरकाे उकालाे यात्रा कायम, कस्ताे अरू देशकाे मूल्य (सूचिसहित)

डिसी नेपाल
२४ भदौ २०७७ ७:०६

काठमाडौं ।बुधबार पनि अमेरिकी डलरको उकालो यात्रा कायम रहेको छ। । ३ दिनसम्म ११६ रुपैयाँ ७२ पैसामा कारोबार भएको अमेरिकी डलरले मंगलबारबाट उकालो यात्रा सुरु गरेको हो । मंगलबार ११७ रुपैयाँ ०५ पैसामा कारोबार भएको अमेरिकी डलर बुधबारसम्म पुग्दा ११७ रुपैयाँ ४६ पैसामा कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बुधबार अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ४६ पैसा, विक्रिदर ११८ रुपैयाँ ०६ पैसा रहेको छ। यूरोपीयन यूरो १ को खरिददर १३८ रुपैयाँ ७६ पैसा विक्रिदर १३९ रुपैयाँ ४७ पैसा रहेको छ।

यस्तै, पाउण्ड स्टर्लिङ १ को खरिददर १५३ रुपैयाँ ७३ पैसा, विक्रिदर १५४ रुपैयाँ ५१ पैसा रहेको छ। अष्ट्रेलीयन डलर १ को खरिददर ८५ रुपैयाँ २७ पैसा, विक्रिदर ८५ रुपैयाँ ७१ पैसा रहेको छ।

साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ३२ पैसा, ३१ रुपैयाँ ४८ पैसा रहेको छ। यूएई दिराम १ को खरिदर ३१ रुपैयाँ ९८ पैसा, विक्रिदर ३२ रुपैयाँ १४ पैसा रहेको छ।
यस्तै, कुवेती दिनार १ को खरिददर ३८३ रुपैयाँ ९८ पैसा, विक्रीदर ३८५ रुपैयाँ ९४ पैसा रहेको छ। मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ १९ पैसा विक्रिदर २८ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *