नेपाल फर्काइने यात्रुको संख्या बढाउन सरोकारवालाको माग

डिसी नेपाल
२४ भदौ २०७७ १९:२७

काठमाडौं । उद्धार उडान र नेपाल फर्किने यात्रुसंख्याको कोटा वृद्धि गरे कोरोना भाइरस (कोभिड–१९) कारण विदेशमा रोजगारी गुमाई समस्यामा परी स्वदेश फर्किनुपर्ने कामदारहरुको उद्धार गर्न कुनै कठिनाई नहुने सरोकारवालाहरुले बताएका छन्।

हाम्रो सम्मान परियोजनासँगको सहकार्यमा ‘‘वैदेशिक रोजगार पत्रकार समाजले” ले कोराना भाईरस (कोभिड १९) को महामारीले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुको अबस्थाको विषयमा आयोजित भर्चुअल छलफलमा उनीहरुले उद्धार उडानको कमी र नेपाली नियोगहरुको समन्वयको अभावका कारण रोजगारी गुमाएका नेपाली कामदार स्वदेश फर्किन नपाएको बताएका छन्।

कोरोनाको संक्रमणका कारण अन्तर्राष्ट्रिय उडान सहज नहुँदा करार अवधि सकिएका, कम्पनी बन्द भएका, रोजगारी र आवासबाट हटाइएका, वेतलवी विदामा पठाइएका, तलव नदिइएका वा तलव कटौती गरिइएका, खान नपाएका, अनभिलेखवद्ध हैसियतमा रहेका, गर्भवती र विरामी जस्ता समस्या र जोखिममा परेका श्रमिकहरू विदेशमै अलपत्र अवस्थामा रहेका छन् ।
सरकारले उनीहरुलाई स्वदेश फर्काउन वैदेशिक रोजगार कोषको रकम परिचालन गर्ने वारेमा निर्देशिका जारी गरेको छ । तर व्यवहारमा निर्देशिका पीडित कामदारका पक्षमा नरहेको गुनासो बढेको छ ।

वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको वेबीनारमा साउदी अरबका लागि नेपाली राजदुत प्रा डा महेन्द्र प्रसाद सिंह राजपुतले साउदी अरब लगायत नेपाली कामदार रहेका गन्तव्य मुलुकहरुमा कोभिडका कारण खाना, वासस्थान र उपचारको अभाव नभए पनि स्वदेश फर्किने उडान संख्या थोरै भएका कारण करार अवधि सकिएका कामदार मानसिक तनावमा रहेको बताए । सम्वन्धित मुलुकहरुबाट नेपाल फर्किने नियमित उडान नभएको र अनुमति पाएका नेपाली उडानहरु पनि नियमित नहुँदा स्वदेश फर्किने टिकट लिएका कामदारहरुमा आक्रोस बढेको भन्दै उडान नियमित गर्ने विषयमा नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।

विदेशमा कामगर्ने आप्रवासी कामदारहरु निरन्तर रुपमा अनेक प्रकारका समस्याहरुको सामना गरिरहने वर्ग रहेको भन्दै कोरोना भाईरसको संक्रमणले आप्रवासनको प्रकृयालाई उल्टाएको भन्दै राजदुत राजपुतले त्यसले नेपाली कामदारका प्रमुख गन्तव्य मुलुक खाडीका देशहरुमा गंभीर समस्या सिर्जना गरिरहेको बताए ।

२१ लाख बर्ग किलोमिटर क्षेत्रफल रहेको साउदी अरबमा ३ लाख ५० हजार नेपाली कामदार रहेको र नेपाली दूतावासको साधन र श्रोतको अभाव झेलिररहको नेपाली दुतवासलाई कोरोना भाईरसका कारण मनोवैज्ञानिक त्रासमा रहेका सबैलाई समेट्न समस्या रहेको स्वीकार गर्दै ५२ जना नेपाली श्रमिकको ज्यान गएको बताए । साउदी सरकारले कोरोना भाइरसलाई निणन्त्रणमा राखेको भन्दै राजदूत राजपुतले आगामी हप्तापछि स्थिती धेरै सहज हुने विश्लेषण गरे ।

कोरोना भाइरसको संक्रमणपछि राहतका लागि दुई हजारले दूतावासमा सम्पर्क गरेकोमा दूतावासले १ हजार ५ जनालाई राहत प्रदान गरेको जानकारी दिँदै राजदूत सिंहले रोजगारी गुमाएका कुनैपनि कामदार आवास र खानाबाट बञ्चित हुनुपर्ने अवस्था नरहेको उल्लेख गरे ।

टिकटको प्रवन्ध गर्ने ट्राभल एजेन्सीले नेपालली बैँकमा जहाज भाडाको रकम भुक्तानी हुनुपर्ने अडान राखेका कारण मंगलवार स्वदेश फर्किन नपाएका कामदार कम्पनी परिसरमा नारावाजीमा उत्रिएको विषय सामान्य आक्रोशको विषय भन्दै राजदूत राजपुतले लोकतान्त्रिक अधिकारको उपभोग गरिरहेका नेपाली नागरिकका लागि सामान्य विषय रहेको र आफूले पनि त्यसलाई सामान्य रुपमा लिएको टिप्पणी गरे । मंगलवार फर्किन नपाएका कामदारहरु १८ सेप्टेम्बरमा फर्किने तय भएको समेत उनले जानकारी दिए । उनले सिमित साधन र श्रोतमा सञ्चालन हुनुपर्ने वाध्यात्मक अवस्थालाई नेपाली कामदारहरु आत्मसात गर्नुपर्ने जिकिर पनि गरे ।

हाल स्वदेश फर्किन दवाव दिने कामदारहरु दुई वर्षे करार अवधि भित्रका भन्दा पनि पहिले नै श्रम संझौता सकिएका धेरै रहेको दावी गर्दै वास्तविक पीडितको उद्धार गर्ने विषयमा दुतावास प्रतिवद्ध रहेको पनि जानकारी दिए । राजदुत सिंहले कामदार भन्दापनि नेपाली कामदारहका शव फिर्ता पठाउन समस्या रहेको भन्दै हाल नेपाली कामदारहरुका २ सय उक्त मुलुकमा रहेको जानकारी दिए ।

बैदेशिक रोजगार बोर्ड अन्र्तगत रहेको कल्याणकारी कोषको रकम प्रयोग गरी बेखर्ची श्रमिकलाई नेपाल फर्काउन ल्याइएको निर्देशिका प्रवाहहीन देखिएको भन्दै त्यसलाई संसोधन गरी श्रमिकलाई विभेद गहुने तथा अलेखबद्धलाई समेत समेट्ने गरी कार्याविधि सुधार गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मनत्रालयलाई सुझाव दिए ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेले समस्यामा रहेका सबै प्रकारका कामदार फिर्ता गर्ने विषयमा कार्यविधिमा रहेका रहेका कमजोरी सुधार गरी त्यसलाई संसोधन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गरी मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिए ।

उनले सरकारले कल्याणकारी कोषको रकमबाट नपुगे संयुक्त राष्ट्रसंघीय निकाय युएनडीपी लगायतका दातृ निकायबाट सहयोग लिएर अलपत्र कामदारहरुको उद्धार गर्ने विषयमा छलफल भइरहेको भन्दै बुधबार पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली, संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई तथा उपप्रधानमन्त्री मन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलबीच छलफल भएको जानकारी दिँदै उडान संख्याका साथै हाल कायम गरिएको स्वदेश फर्किनेहरुको सख्या बढाउने विषयमा छलफल केन्द्रित रहेको जानकारी दिए ।

त्यसैगरी प्रवक्ता पाण्डेले उद्धार गरी स्वदेश फर्काउने कामदारहरुका समस्या बारेमा आठ ओटा रोजगार गन्तव्य मुलुकका श्रमसहचारीहरुसंग मन्त्रालयका सचिवले बुधबार मात्रै छलफल गरेको जानकारी दिँदै श्रम सहचारी मार्फत प्राप्त सुझावका आधारमा उद्धार निर्देशिका परिमार्जन गरिने भएकाले राजदुतवासहरुलाई श्रमसहचारी मार्फत सुझाव पठाउन सुभाव समेत दिए । प्रवक्ता पाण्डेले हालसम्म १ लाख २५ हजार ३ सय ५० नेपालीले स्वदेश फर्किन नेपाली नियोगहरु मार्फत निवेदन दिएको जानकारी पनि दिए ।

गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष हरि भट्टराईले मलेसियामा आवागमन नियन्त्रण आदेश (एमओसी) लागु हुनुअघि नेपाल फर्किन जहाज टिकट लिएका करीव दुई हजार कामदार स्वदेश फर्किन नपाएका कारण उनीहरु समस्यामा रहेको जानकारी दिदै उद्धार तथा नियमित उडानको जहाजभाडा कामदारहरुको क्षमताभन्दा बढी भएकाले समस्या गहिरिएको बताए ।
हाल मलेसियाबाट नेपाल फर्किनै पर्ने वाधयतामा १५ देखि २० हजार कामदार रहेको जानकारी दिदै अध्यक्ष भट्टराईले उनीहरुलाई वैदेशिक रोजगार कोषको रकम प्ररिचालन गरी उद्धार गर्नु पर्नेमा जारी भएको निर्देशिकाले कोषको रकम परिचालनमा समस्या सिर्जना गरेको भन्दै त्यसलाई तत्काल परिमार्जनको आवश्यता रहेका सुझाव दिए ।

कोरोना भाइरसको संक्रमणपछि खाना खुवाउने लगायतका उद्धार काम गरिहेको भएप नि गैर सरकारी क्षेत्रले लामो समय थेग्न नसक्ने भन्दै त्यसमा ध्यान दिन सरकारको ध्यानकर्षण गराए ।
गैरआवासीय नेपाली संघ कतारद्वरा गठित उद्धार तथा राहत समितिका संयोजक उत्तम गुरुङले कतार सरकारको सहकार्यमा जनचेतना कार्यक्रम तथा खाद्यान्न वितरण गरी समस्यामा रहेका नेपाल कामदारहरुलाई सहयोग पुराएको जानकारी दिँदै ५५ जनालाई नेपाल फर्कने जहाज टिकट उपलब्ध गराएको जानकारी दिए । उनले पनि नेपालबाट उडान नियमित गर्न आग्रह गरे ।

कार्यक्रममा सञ्चारकर्मी मुना कुँवरले कार्यपत्र प्रश्तुत गर्दै कोभिडपछि खाडी तथा मलेसिया लगायत विभिन्न देशमा कार्यरत अनभिलेखवद्ध नेपाली कामदार, घरेलु श्रमिक, गर्भवती, रोजगारी र गुमाएका, करार अनुसार तलव सुविधा नपाएका श्रमिकहरू थप जोखिममा रहेको भन्दै कोभिड– १९ पछि नेपाली कामदारहरु माथि शोषण र ज्यादती लगायतका समस्यामा बढेको उल्लेख गरिन् ।

सर्वोच्च अदालत तथा राष्ट्रिय मानव अधिकार आयोगले निर्देशन र सुझाव दिँदा समेत सरकारले अलपत्र कामदारहरुको उद्धार नगर्दा उनीहरु झन् सङ्कटमा परेको देखिएको औल्याईन् । घर फर्किन नपाएका कादारहर साउदीमा अलपत्र परी सरकार विरुद्ध नारावाजीमा उत्रिएको घटनाले अन्य देशमा पनि अलपत्र कामदार नारावाजी र प्रर्दशनमा उत्रिन सक्ने खतरा बढेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै विनरक इन्टरनेशनल हाम्रो सम्मान परियोजनाकी सविना प्रधानले बेलायती र अमेरिकी नागरिकहरुको सहयोगमा संञ्चालित परियोजना मानव बेचविखन र बैदेशिक रोजगारमिा समस्यामा रहेका आप्रवासी कामदारहरुको उद्धार राहत तथा पुनर्स्थापनामा काम गरिहेको बताइन्। संघ, प्रदेश र स्थानीय तहका सरकारहरुसँग सहकार्य गरी भारत लगायत कुवेत, ओमन र बहराइनबाट फर्किएका नेपाली कामदारहरुलाई तालिम तथा रोजगारीकाका लागि सहजीकरण गरिरहेको जानकारी दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *