निषेधाज्ञा अवधिमा बैंकहरुद्धारा १९ अर्व लगानी

डिसी नेपाल
२५ भदौ २०७७ १६:२१

काठमाडौं । स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको अवधिमा बैंकहरुले १९ अर्व लगानी गरेका छन्।  निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाहरुले सिमित शाखा खोलेर सेवा दिएर लगानी बढाएका हुन्।

कोरोनाको संक्रमण बढेपछि भदौ ३ गतेदेखि स्थानीय प्रशासनले काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानीय तहहरुले निषेधाज्ञा जारी गरेका थिए।

नेपाल बैकर्स संघका अनुसार साउन अन्तिममासमममा बैंकहरुले २८ खर्व ७८ अर्व कर्जा लगानी गरेकोमा भदौं १९ गतेसम्ममा लगानी बढेर २८ खर्व ९७ अर्व रुपैयाँ पुगेको छ । साउनमा घटेको बैंकहरुको कर्जा भदौ लागेसँगै सुधार हुन थालेको हो ।

असारसम्ममा बैंकहरुको २९ अर्व ३ खर्व रुपैयाँ लगानीमा रहेकोमा साउन दोस्रो साता २८ खर्व ६६ अर्व रुपैयाँसम्म झरेको थियो । त्यसपछि भने कर्जा विस्तारै बढ्न थालेको संघले जनाएको छ । पछिल्लो एक सातामा बैंकहरुको कर्जा ५ अर्व थपिएको छ ।

बैंकहरुमा तरलता बृद्धि भएसँगै पछिल्लो सममा बैंकहरुले व्याजदर घटाएर लगानी गरिरहेका छन्।

कर्जासँगै बैंकको निक्षेप पनि बृद्धि भएको छ । असार अन्तिममा बैंकहरुसँग ३३ खर्व ६२ अर्व निक्षेप रहेकोमा साउन पहिलो साता घटेर ३३ खर्व ४४ अर्व रुपैयाँ झरेको थियो । त्यसपछि पुनः बृद्धि हुदै भदौ १९ गतेसम्ममा ३३ खर्व ८३ अर्व रुपैयाँ पुगेको छ । पछिल्लो सातामात्र बैंकहरुमा ६ खर्व निक्षेप थपिएको संघले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *