कंगनाले भत्काइएको कार्यालय भवन नबनाउने, भत्किएकै भग्नावशेषबाट काम गर्ने

डिसी नेपाल
२६ भदौ २०७७ ७:५६

काठमाडौं। बलिउड अभिनेत्री कंगना रनोटको मुम्बइस्थित कार्यालय भवनमा बुधबार डोजर चल्यो । बाम्बे म्युनिसिपल कर्पोरेशनले उनको कार्यालय भवनमा डोजर चलाएको थियो । कंगनाको अफिसको बाल्कोनीसमेत कैयौं भागहरु भत्काइयो । बिहीबार त्यहाँ गएर कंगनाले यसको अवलोकन गरेकी थिइन् । बीएमसीको तोडफोडलाई बाम्बे उच्च अदालतको आदेशपछि रोकियो ।

कंगनाको अफिस भत्काइएपछि कैयौं सेलिब्रेटी उनको साथमा आए । कंगनाले पनि ट्वीट गर्दै आफूले अफिस मर्मत नगराउने र यही भत्किएकै अफिसबाट काम गर्ने बताएकी छिन् । कंगनाले लेखेकी छिन् ‘मेरो अफिस १५ जनवरीमा खुलेको थियो । यसको थोरै समयपछि कोरोना आयो । अन्य कैयौं मानिसहरुजस्तै मैले पनि त्यतिबेलादेखि काम गरेकी छैन । मसँग अफिस मर्मतको लागि पैसा छैन । म आफ्नो भत्किएको अफिसबाटै काम गर्छु र यसलाई यो कुराको संकेतको रुपमा राख्छु कि एक महिलाले संसारसँग जुध्ने हिम्मत गरेकी थिइन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *