बागलुङका बाढी पीडितलाई राहत रकम वितरण
काठमाडौं। राधा माधव समिति नेपाल बागलुङ तथा पोखरा सत्संग केन्द्रले बागलुङ ढोरपाटन नगरपालिका वडा नम्बर ७ र ९ को बाढी पहिरो पीडित परिवारलाई राहत रकम उपलव्ध गराएको छ।
ढोरपाटन नगरपालिका वडा नम्बर ७ का ३ परिवारलाई प्रति परिवार ५ हजारका दरले १५ हजार, वडा नम्बर ९ का ३ परिवारलाई प्रति परिवार १० हजारले ३० हजार, वडा नम्बर ९ कै एक परिवारलाई दाह संस्कारका लागि घाटमै ५० हजार पीडित परिवारलाई र वडा नम्बर ९ का बाँकी पीडितलाई वितरणका निम्ति ५० हजार रुपैयाँ वडा नम्बर ९ का अध्यक्ष हरिबहादुर घर्ती मगरलाई राधामाधव समिति नेपाल बागलुङका सचिव दीपकप्रसाद शर्मा कँडेलले हस्तान्तर गरेका छन्।
सो राहत रकम गण्डकी प्रदेशका सांसद मणिभद्र शर्मा कँडेलको समुपस्थितिमा स्थानीय जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिको रोहवरमा पीडित परिवार र स्थानीय वडाध्यक्षलाई हस्तान्तर गरिएको थियो।
गत भदौ १७ गते राती स्थानीय भूजीखोलामा आएको विनाशकारी बाढीबाट १४ जनाले ज्यान गुमाएका थिए भने ३६ जना बेपत्ता थिए। यसअघि पनि समितिको बागलुङ सत्संग केन्द्रद्वारा निशिखोलाको बाढीबाट पीडित परिवारलाई राहत रकम उपलव्ध गराइएको समितिद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment