अपराध महाशाखाका ७ प्रहरीमा कोरोना संक्रमण
काठमाडौं। महानगरीय अपराध महाशाखाका सात जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनीहरुमा संक्रमण देखिएपछि नेपाल प्रहरीको अस्पताल र दुई नम्बर गणको आइसोलेशनमा पठाइएको छ।
महाशाखाका एसएसपी दीपक थापाका अनुसार एक असई, एक हवल्दार र पाँच सिपाहीमा कोरोना संक्रमण देखिएको हो। एसएसपी थापाका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था ठीक रहेको छ।
तीन दिन अघि महानगरीय प्रहरी परिसरका इन्स्पेक्टरसहित २२ जनालाई संक्रमण भएको थियो। उनीहरुलाई पनि प्रहरी अस्पताल, दुई नम्बर गण र होम आएसोलेशनमा राखिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment