सिन्धुपाल्चोकमा अर्को विपत्तिः नागपुजेमा खसेको पहिरोले आठ र भीरखर्कमा १० घर पुरियो, २३ जना बेपत्ता

डिसी नेपाल
२८ भदौ २०७७ ७:१७
4
Shares

काठमाडौं। सिन्धुपाल्चोकमा बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएका छन्।

स्थायीक शिक्षक बजिर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता भएका छन्। भीरखर्कमा पुरिएका र वेपत्ता मानिसबारे नजिक पुगेर जानकारी दिन कठिन भइरहेको स्थायनीयले जनाएका छन्।

बाह्रविसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले दुई ठाउँमा गरी पहिरोले १५ घर पुरेको, २३ जना बेपत्ता भएको र १ एकजनाको शव फेला परेको जानकारी दिए। उनको घटनाको विवरण आइनसकेको जानकारी दिए। घटनाको खबर पाउने वित्तिकै सभामुख अग्नि सापकोटा बाह्रबिसे प्रस्थान गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *