के रिया चक्रवर्तीेले ड्रग्स केसमा सारा अली खान, रकुलप्रित सिंहको नाम लिएकी हुन् ?

डिसी नेपाल
२८ भदौ २०७७ १४:५१

काठमाडौं। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको विषयमा सुरु भएको अनुसन्धान अहिले निकै फराकिलो दायरामा पुगेको छ । अहिले भारत सरकारका तीन निकायले यसको अनुसन्धान गरिरहेका छन् । भारतको सेन्ट्रल ब्यूरो अफ इन्भेष्टिगेसन (सीबीआइ)ले सुशान्तको मृत्यु, एक्सटोर्सन डिपार्टमेन्ट (इडी) ले उनको पैसाको अपचलन र नारकोटिक्स कन्टेल ब्यूरो (एनसीबी)ले लागूऔषध तस्करी सम्बन्धि मामिलामा अनुसन्धान गरिरहेका छन् ।

लागूऔषधको केसमा एनसीबीले रिया चक्रवर्ती, उनका भाइ शोविक चक्रवर्ती, हाउस म्यानेजर सामुएल मिरान्डा, स्टाफ दिपेश सावन्त र ड्रग डिलरहरुलाई पक्राउ गरेको छ । यही बीचमा पछिल्लो २ दिनदेखि सारा अली खान, रकुल प्रित सिंह, डिजाइनर सिमोनी खम्बट्टा लगायतको नाम चर्चामा छ । रिया चक्रवर्तीले एनसीबीले गरेको सोधपुछमा यी नाम आएका सेलिब्रेटीसहित २५ जना सेलिब्रेटीको नाम लिएको भारतीय मिडियाले दावी गरेका थिए । यी सबै लागू औषध कारोवार र सेवनमा संलग्न भएको रिपोर्टमा दावी गरिएको थियो ।

एनसीबीले भने यो रिपोर्ट गलत भएको बताएको छ । एनसीबीका डेप्युटी डाइरेक्टर केपएिस मल्होत्राले बलिउड सेलिब्रेटीहरुको यस किसिमको कुनै सूची बनाइएको खबरको खण्डन गरेका छन् । पिंकभिलाले सूचीमा बलिउडका नामहरु भए नभएको भनेर सोध्दा मल्होत्राले भने ‘हामीले कुनै पनि बलिउडको सूची बनाएका छैनौं । यसअघि बनाइएको सूची तस्कर र सेवनकर्ताहरुको थियो । यो सूची बलिउडको भनेर भ्रम सिर्जना भएको हुन सक्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *