बिदुर नगरपालिकाको वडा नम्बर १३ मा अनिश्चितकालिन निषेधाज्ञा

डिसी नेपाल
२८ भदौ २०७७ १८:४१

नुवाकोट। जिल्ला प्रशासन कार्यालय नुवाकोटले आइतबार साँझ ६ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि बिदुर नगरपालिकाको वडा नम्वर १३ मा लागु हुने गरि निषेधाज्ञा जारी गरेको छ।
उक्त वडाका एक ब्यक्तिमा त्रिभूवन बिश्वबिद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा गरिएको परीक्षणमा कोभिड संक्रमण देखिएपछि उक्त निर्णय लिइएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार पूर्बमा अजिंगरे माध्यमिक बिद्यालय, दक्षिणमा सामरी खोला, पश्चिममा लोकमार्गको जिरो प्वाईन्ट माथिको देउडी र उत्तरमा १३ नम्वर वडा कार्यालय क्षेत्र सिमाना रहने गरी निषेधाज्ञा जारी गरिएको हो।

निषेधाज्ञा जारी गरिएको समयमा अत्यावश्यक वाहेकका सवारी साधन संचालनमा रोक लगाइएको छ। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ख को ३ र संक्रमण ऐन २०२० को दफा २ अनुसार अर्को आदेश नभएसम्म निषेधाज्ञा कायम गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिएका छ्न्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *