जब ‘भेरिफाइड ट्वीटर ह्याण्डल’ले अनुराग कश्यपलाई श्रद्धाञ्जली दियो …

डिसी नेपाल
२९ भदौ २०७७ १४:३०

काठमाडौं। चर्चित बलिउड फिल्म निर्देशक अनुराग कश्यपको मृत्यु भएको खबरले एक्कासी सामाजिक संजाल तातेको छ । यो खबर सामाजिक संजालमा भाइरल भएसँगै उनलाई श्रद्धाञ्जली दिनेहरुको ओइरो लाग्यो । तर, खासमा अनुरागलाई केही भएकै थिएन । हल्ला बढ्न थालेपछि अनुरागले नै ट्वीट गरेर आफू स्वस्थ रहेको बताए । उनले ट्वीट गर्दै आफूलाई ‘स्वयं यमराजले घर छोडेर गएको’ बताए ।

यो खबर ट्वीटर ह्याण्डल केआरके बक्सअफिसले ट्वीट गरेको थियो । यो भेरिफाइड ट्वीटर ह्याण्डल हो र यो ट्वीटर ह्याण्डललाई अमिताभ बच्चनसहित कैयौं बलिउड हस्तीहरुले फलो गर्छन् । खासमा यो ट्वीटर ह्याण्डलका एक कर्मचारीले गल्तीवश यस्तो ट्वीट गरेका थिए । लगत्तै ट्वीटर ह्याण्डलले आफ्ना कर्मचारी अनुराग कश्यप र अनुराग कपुरका विषयमा झुक्किएको स्पष्टीकरण दियो । खासमा मृत्यु अनुराग कपूरको भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *