राजश्व संकलनमा बार्षिक लक्ष्यको ८० प्रतिशत प्रगति प्राप्त गर्ने १२ वटा वडालाई प्रसंशा पत्र

डिसी नेपाल
२९ भदौ २०७७ १९:१०

काठमाडौं। काठमाडौं महानगरपालिकाको राजश्व बिभागले बार्षिक लक्ष्यको ८० प्रतिशत प्रगति गर्ने वडालाई प्रसंशा पत्र प्रदान गरेको छ। सोमबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको बिद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन प्रणाली शुभारम्भ सम्बन्धि अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले वडा सचिव र प्रतिनिधिलाई प्रसंशा पत्र प्रदान गरे।
यसरी प्रमाण पत्र प्राप्त गर्नेहरुमा वडा १, २, ४, ५, ६, ७, ९ ११, २६, २८, ३१ र ३२ रहेका छन्। यी वडाले क्रमशः ९१.६६, १०५.२२, ८७.२, ८५.८४, ८२.९४, ८१.४९, ८४.३२, ९३.९३, ८६.७९, ९०.०५, ९४.०३ र ९२.३८ प्रगति प्राप्त गरेका छन्।

त्यस अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भने, ‘प्रयास सबैको प्रसंशसनीय थियो। कोभिडलगायत राजश्व संकलनका बिबिध समस्या थिए। यसका बाबजुद प्राप्त उपलब्धीमा खिन्न हुनुपर्ने अवस्था छैन। यति हुँदाहुँदै पनि महानगरको आन्तरिक श्रोत धेरै छन्। ती श्रोत संकलन र खर्च गर्ने महानगरसँग क्षमता छ। यसकारण बिगतका कमजोरी सुधार गरेर चालु आर्थिक बर्षमा सबैले लक्ष्यमा पुग्ने प्रयास गर्नुपर्छ।’

महानगरले आ. व. २०७६/०७७ मा वडाबाट ३ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो। आर्थिक बर्षको अन्त्यमा लक्ष्यको ७६.६० प्रतिशत अर्थात् २ अर्ब ७७ करोड २८ लाख ५९ हजार १२० रुपैयाँ संकलन गरेको थियो। लक्ष्यको सबैभन्दा कम वडा २० ले लक्ष्यको १९.५४ प्रतिशत राजश्व संकलन ग¥यो। यो वडालाई २ करोड ५९ लाख ३० हजार रुपैयाँको लक्ष्य दिइएको थियो। यसमा वडाले ५० लाख ६६ हजार ६१७ रुपैयाँ संकलन गरेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *