नेपाल रेल्वे कम्पनीमा खुल्यो जागिर

डिसी नेपाल
३० भदौ २०७७ ७:१२

काठमाडाैं। नेपाल रेल्वे कम्पनीले १ सय २९ कर्मचारी माग गरेको छ। एक सूचना प्रकाशित गर्दै कम्पनीले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो।

करार सेवामा खुल्ला प्रतिस्पर्धाबाट कर्मचारीहरु पूर्ति गर्नुपर्ने भएकाले न्यूनतम योग्यता पुगेका इच्छुक नेपालीलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन आह्वान गरिएको छ। कम्पनीले दस्तुर जम्मा गरेको बैंक भौचरसहित अनलाइन दरखास्त दिन सकिने जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *