आधा खाली विमान उडाउन नसकिने व्यवसायीको अडान

डिसी नेपाल
३१ भदौ २०७७ १७:४६

काठमाडौं। सरकारले बिहीबार आन्तरिक हवाई उडान शुरु गर्ने निर्णय गरे पनि विमानमा राखिने यात्रुबारे कुरा नमिल्दा उडान हुने नहुनेमा अन्यौलता देखिएको छ। बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री र एयरलाइन्स कम्पनीहरुबीच भएको छलफलमा यात्रु संख्याका विषयमा सहमित जुट्न सकेन।

एयरलाइन्सहरुले कोरोना महामारीका कारण आधा यात्रुमात्र राखेर सेवा दिन नसकिने जनाएका छन्। उनीहरुले भाडाभन्दा पनि यात्रु संख्याका बारेमा असहति राखेको स्रोतले जनायो। मन्त्रालयले यसअघिको हवाई भाडाको माथिल्लो दरमा नबढ्ने गरी भाडा तोक्न प्रस्ताव गरेको मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘यसअघिको तोकिएकै भाडाको माथिल्ला दर नबढ्ने गरी भाडा कायम गर्न मन्त्रालय र व्यवसायीबीच सहमति भएको छ।’

तर, व्यवसायीले भने महंगो भाडामा आधा विमान खाली राखेर सेवा दिन नसकिने बताएका छन्। उनीहरुले विमानको क्षमताअनुसार नै यात्रु राख्न पाउनुपर्ने अडान राखेका छन्। सरकारले बिहीबारदेखि आन्तरिक उडान शुरु गर्ने निर्णय गरे पनि उडान तालिका भने बुधबार बेलुकासम्म तयार भएको छैन। र एयरलाइन्स कम्पनीहरुले बिहीबारको बुकिंग पनि खुला गरेका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *