पेट्रोलियम पदार्थको मूल्य घट्यो

डिसी नेपाल
३१ भदौ २०७७ २२:४४

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य घटेको छ। बुधबार नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो। भारतबाट मूल्यसूची केही घटेर आएकाले मट्टितेल र डिजेल प्रतिलिटर १ रुपैयाँले घटाइएको निगमले जानकारी दिएको छ।

नयाँ मूल्यअनुसार काठमाडौंमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पर्नेछ। बुधबार रातिदेखि लागू हुने गरी मूल्य घटाइएको निगमले जानकारी दिएको छ। पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *