स्वास्थ्यकर्मीको सम्मानमा विहीबार साँझ दीप प्रज्वलन
नुवाकोट । कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको सम्मान र संक्रमितहरुको मनोबल बढाउन बिहीबार साँझ ८ बजे जिल्ला प्रशासन कार्यालय नुवाकोटमा दीप प्रज्वलन गरिएको छ।
विश्व विरामी सुरक्षा दिवसको अवसर पारेर स्वास्थ्यकर्मीहरुको सम्मानमा दीप प्रज्वलन गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए।
‘कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि अग्रपंत्तिमा खटिनुभएका स्वास्थ्यकर्मीको सम्मान गर्न जुनसुकै कार्य गर्दा पनि कम नै पर्न जान्छ। तथापी विश्व सुरक्षा दिवसको अवसर पारेर स्वास्थ्यकर्मीहरुको सम्मानमा दीप प्रज्वलन गर्नेकाम गरेका हाैँ’, प्रमुख जिल्ला अधिकारी ढकालले भने।
यसअघि कोरोना संक्रमितहरूको मनोबल बढाउन सरकारले असोज १ गते साँझ दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment