रिया ड्रग्स केसः छापा मार्दा करोडौंको ड्रग्स बरामद

डिसी नेपाल
२ असोज २०७७ १४:३३

काठमाडौं। रिया चक्रवर्तीको ड्रग्स डिलरहरुसँग सम्बन्धको जानकारी पाएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरोले ठूलो संख्यामा छापा मार्न थालेको छ । यसै क्रममा बिहीबार ब्यूरोले एक डिलरलाई पक्राउ गरेको छ । उनको घरबाट ब्यूरोले १ किलो ड्रग्स बरामद गरेको छ । यसको मूल्य ३ देखि ४ करोड भएको बताइएको छ । राहिल विश्राम नामका यी व्यक्तिको घरबाट साढे ४ लाख नगद पनि बरामद भएको छ । राहिलको बलिउड सेलिब्रेटीसँग सीधा सम्बन्ध रहेको पाइएको छ ।

उता रियालाई ड्रग्स सप्लाइ गर्ने चेनको खोजीमा एनसीबीका जोनल डाइरेक्टर समीर वानखेडेको टोलीले मुम्बइको पोवाइमा छापा मारेर २ देखि ३ जनालाई पक्राउ गरेको छ । छापा मार्दा आधा किलो उच्च गुणस्तरको बड बरामद भएको छ । यसको मूल्य बजारमा ६ देखि ८ हजार प्रतिग्राम पर्छ । छापामा करिब ४० लाखको ड्रग्स सिज गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *