कंगनाले बलिउड अभिनेत्रीहरुलाई ‘पोर्नस्टार’ भन्न थालेपछि मैदानमा आइन् सनी लियोनी
मुम्बइ। बलिउड अभिनेत्री कंगना रनोट अहिले पूरै बलिउडको निशानामा परेकी छिन् । उनले प्रतिक्रिया ड्रग्स विवादमा दिइरहेकी छिन् तर यो एउटा माुद्दाको बहानामा पूरै बलिउडलाई घेर्ने कोसिस गरिरहेकी छिन् । कंगनाले हालै दिएको एक बयानमा उर्मिला मातोंडकरलाई सफ्ट पोर्नस्टार भनिन् । उनले एक ट्वीट गर्दै सनी लियोनीबारे पनि भनिन् । उनले लेखेकी थिइन् ‘एक लेखकलाई केवल यत्ति कारण लिंच ष्रियो किनकि उनले भनेका थिए – सनी लियोनीलाई रोल मोडलको रुपमा हेर्न सकिँदैन । केही झुटा फेमिनिस्टलाई यो कुरासँग समस्या थियो कि सनी लियोनीलाई पोर्नस्टार किन भनियो ।’
अहिले सनीले कंगनाको त्यही ट्वीटमाथि प्रतिक्रिया दिएकी छिन् । सामाजिक संजालमा पारिवारिक फोटोहरु मात्र पोस्ट गर्ने सनीले यसपटक खुलेर आफ्ना विचार राखेकी छिन् । सनीले कंगनाको नाम नलिइ भनेकी छिन् ‘कति रमाइलो छ । मानिसहरु जसलाई तपाइँको बारेमा सबैभन्दा कम थाहा छ उनहिरुसँग नै तपाइँबारे बोल्ने धेरै कुरा छ ।’ सामाजिक संजालमा सनीको यो पोस्ट भाइरल भएको छ । उनका फ्यानहरु सनीको समर्थनमा आएका छन् ।
Facebook Comment