चीनको लागि जासुसी गरेको भन्दै भारतले नेपाली नागरिकलाई पक्राउ गर्‍यो

डिसी नेपाल
३ असोज २०७७ १३:४१

काठमाडौं। दिल्ली पुलिसले चीनको लागि जासुसी गरेको र भारतको गोप्य सूचना चीनलाई दिएको आरोपमा एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । यसअघि दिल्ली पुलिसले शुक्रबार एक स्वतन्त्र पत्रकार राजीव शर्मालाई पक्राउ गरेको बताएको थियो । पुलिसले शर्मासँग अत्यन्तै संवेदनशील दस्तावेज पाइएको जनाएको थियो । पुलिसले शनिबार यही केसमा एक नेपाली नागरिक र एक चिनियाँ महिलालाई पनि पक्राउ गरिएको जानकारी दिएको हो ।

शुक्रबार बेलुका पुलिसले पितमपुरामा बस्ने पत्रकार राजीव शर्मालाई चीनको लागि जासुसी गरेको अभियोगमा पक्राउ गरिएको बताएको थियो । पुलिसले तीनै जना विरुद्ध आधिकारिक गोपनीयता सम्बन्धी कानुन अनुसार मुद्दा दर्ता गरेको दिल्ली पुलिसको विशेष सेलका डिसीपी संजीव कुमार यादवले बताएका छन् ।

‘विशेष सेलले चीनको इन्टेलिजेन्सलाई संवेदनशील सूचना पुर्याइरहेका स्वतन्त्र पत्रकार राजीव शर्मालाई पक्राउ गरेको छ । एक चिनियाँ महिला र उनका नेपाली सहयोगीलाई उनी उनलाई ठूलो रकम दिएको पाइएपछि पक्राउ गरिएको छ । चिनियाँ इन्टेलिजेन्सले ती पत्रकारलाई ठूलो रकमको बदलामा संवेदनशील जानकारी दिनको लागि अटाएको थियो । ठूलो संख्यामा मोवाइल फोन, ल्यापटप र अन्य संवेदनशील सामग्रीहरु पनि बरामद भएको छ’ यादवले भने ।

पुलिसका अनुसार शर्मा सेप्टेम्बर १४ मा संवेदनशील दस्तावेजको साथमा पक्राउ परेका थिए । शर्मालाई सेप्टेम्बर १५ मा अदालतमा उपस्थित गराइएको थियो । अदालतले उनलाई थप अनुसन्धानको लागि ६ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । उनले जमानतको लागि दिएको निवेदनमाथि सेप्टेम्बर २२ मा सुनुवाइ हुँदैछ । शर्माले यसअघि एक समाचार एजेन्सी र पंजाबबाट संचालिन एक अंग्रेजी दैनिकमा काम गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *