९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

डिसी नेपाल
३ असोज २०७७ १८:२१

कास्की । बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखराबाट एक व्यक्ति पक्राउ परेका छन्। ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने लामाचौरबाट बस्ने धादिङ घर भएका ३२ वर्षीय बिकाश बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

बिकले ती बालिकालाई ललाई फकाई एकान्त स्थानमा लगि यौन दुर्व्यवहार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बिक उपर बाल यौन दुरुपयोग कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *