बालकको हत्या, एक पक्राउ

डिसी नेपाल
३ असोज २०७७ २३:५९

अछाम। अछामको साँफेबगर नगरपालिका–९ बुढाकोट बस्ने नौ वर्षीय हिमाल विकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा सोही वडा बस्ने ४० वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख तथा प्रहरी निरीक्षक नरपति भट्टका अनुसार मृतक बालकको मुख र टाउकामा चोट लागेको छ ।

सुनारले किन बालकको हत्या गरे भन्ने विषयमा केही नखुलेको प्रहरीले जनाएको छ । अभियुक्त सुनारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख भट्टले जानकारी दिए। बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेनमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *