नेकपाको बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल

डिसी नेपाल
४ असोज २०७७ १९:१०

काठमाडौं। नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल शुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छिटै मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेको स्पष्ट भएको छ।

आइतबार पेरिसडाँडामा बसेको नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनबारे सैद्धान्तिक छलफल भएको जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘मन्त्रिपरिषद् पुनर्गठनबारे मापदण्ड बनाउने गरी छलफल भएको छ।’

यस्तै आइतबारको बैठकमा विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारी नियुक्तिका विषयमा पनि छलफल भएको छ। प्रवक्ता श्रेष्ठका अनुसार नेकपाले संवैधानिक निकायमा नियुक्तिका लागि सरकारलाई सुझाव दिने निर्णय भएको जानकारी दिए। नेकपा बैठक सोमबार पनि बस्ने छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक ११ः३० बजेदेखि ३ बजेसम्म बसेको थियो।

बैठकमा .बैठकमा प्रधानमन्त्री केपि शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , वरिष्ठ नेता माधब कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेब गौतम, नेकपा महासचिव बिष्णु पौडेल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेल , गृहमन्त्री राम बहादुर थापा र नेकपाका प्रबक्ता नारायण काजी श्रेष्ठको उपस्थित रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *