ट्याङ्कीमा डुबेर बालकको मृत्यु

डिसी नेपाल
४ असोज २०७७ १९:०१

बुटवल । रुपन्देहीको भैरहवामा एकजना बालकको आज सेप्टी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका वार्ड नं १० दोदगहरी निवासी झिम्की कुर्मीका १० वर्षीय छोरा सुग्रिम कुर्मीको छिमेकीको निर्माणाधिन घरको सेप्टी ट्याङकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

मृतक बालक शनिबार बेलुका ५ बजेदेखि हराएका र उनको खोजविन गर्दा आज घरदेखि करिब २०० मिटरको दूरिमा रहेको श्रवण लोनियाको निर्माणाधीन घरको सेप्टी ट्याङ्की भित्र पानीमा डुबी मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक खत्रीले बताए । घटनाको थप अनुसन्धान भइरहेको समेत उनले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *