नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न यूएई सरकारसँग आग्रह

डिसी नेपाल
४ असोज २०७७ २३:५१

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संयुक्त अरब इमरेट्स (यूएई)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। सिंहदरबारमा आइतबार यूएईका राजदूत नाब्बीसँग भएको शिष्टाचार भेटमा मन्त्री भट्टराईले उड्डयन क्षेत्रमा युएई सरकार र व्यवसायीहरुलाई लगानी गर्न अनुरोध गरे।

मन्त्री भट्टराईले कोभिड–१९ महामारीका समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकको उडानका लागि युएई सरकारको सहकार्यको प्रशंसा गर्दै आउँदा दिनमा पनि सहकार्य जारी राख्न आग्रह गरे। राजदूत नाक्बीले काठमाडौंँ युएई उडान थप गर्न आग्रह गरेका थिए। सो सम्बन्धमा मन्त्री भट्टराईले सकारात्मक भई चाँडै निर्णय लिने जानकारी दिएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *